२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

फाइल तस्बिर।

सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।

नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।

घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुदाथोकीले जानकारी दिए।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ। 

प्रकाशित: २ वैशाख २०८० ०९:३३ शनिबार

जंगली हात्तीको आक्रमण सिरहामा जङ्गली हात्ती