१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

जुम्लामा ट्याक्टर दुर्घटना: चालक सहित दुई घाइते

जुम्लाको हिमा गाउँपालिका -२ ओदीमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।

बिहीबार हिमाको ओदी र कालिकोट जिल्लाको बिचमा पर्ने ऋखिदेउबाट जुम्लातर्फ आउँदै गरेको भे २ त २६१ नम्बरको ट्याक्टर साँझ ६ बजेर ४५ मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए।

उनका अनुसार ट्याक्टर सडक देखि अन्दाजी २ सय मिटर तल खसेको छ। घाइते हुनेमा हिमा-५ बस्ने वर्ष २२ को युवराज बम र २ बस्ने वर्ष २३ का चालक धन बहादुर रोकाय रहेका छन्। बमको दायाँ खुट्टामा चोट लागेको छ, भने चालक रोकायाको बायाँ खुट्टा चोट रहेको उनले जनाए। उनीहरूको अवस्था मध्यम छ।

घाइतेहरूको उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइँदै छ। प्रनानि रामप्रसाद चौलागाईको कमाण्डमा ४ जनाको उद्धारका लागि खटिएको थियो।

ट्याक्टर दुर्घटना भएको स्थान हिमा गाउँपालिका अवस्थित बड्की चौकी देखी २४ किमी पश्चिम र जिप्रका जुम्ला बाट अन्दाजी ७१ किमी पश्चिम पर्दछ।

प्रकाशित: २३ चैत्र २०७९ १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App