१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सामन्तवादको अवशेषका रूपमा आयो ‘मिटर ब्याज’: सांसद शर्मा

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले मिटर ब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गरेका छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै उनले मिटर ब्याज पीडितहरूसँग वार्ता गरी समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका हुन। शर्माले सामन्तवादको अवशेषका रूपमा रहेको शोषणको नयाँ रूप मिटर ब्याजको रूपमा आएको बताए।

उनले भने, ‘सामन्तवादको अवशेषको रूपमा रहेको शोषण, सुद खोरको नयाँ रूप मिटर ब्याजको रूपमा आएको नयाँ समस्यालाई हल गर्न ऐन, कानुन बनाउने सरकारको निर्णय स्वागतयोग्य छ। तर तत्काल समस्या समाधान गर्नका लागि सरकारले पीडितहरूसँग वार्ता, संवाद गरी तत्काल समस्या समाधान गर्न हार्दिक अनुरोध गर्न चाहन्छु।’

प्रकाशित: १६ चैत्र २०७९ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App