काठमाडौं–काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका–११ स्थायी घर भएका ६ वर्षीय मनिष नेपाली जन्मदेखि नै थालसेमिया(शरीरमा रगत उत्पादन नहुने) रोग लागेको र उनको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेको छ। हाल उनको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ।
नेपालीको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको र उपचार नेपालमा सम्भव नभएकोले उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले आज अपिल गरेको हो। बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी परिवारले सहयोगको अपिल गरेको हो ।
परिवारका अनुसार उनको उपचारको लागि४५ लाख भन्दा बढी लाग्नेछ । विरामी बालक नेपालीका बाबु रामचन्द्र नेपालीले सबैले सहयोग गरिदिए छोराको उपचार हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै सकेको सहयोग गर्न आग्रह गरे । सहयोग गर्न चाहनेहरुले विरामी बालकको बाबुको नाममा सिटिजन बैंकको खाता नम्बर ०५४०००००५१ सिएस रहेको छ ।
प्रकाशित: २२ मंसिर २०७३ ११:०६ बुधबार