१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

केयु भिसी कार्यालय फिल्मीशैलीमा तोडफोड

ताेडफोड गरिएको केयु भिसी कार्यालयको झ्याल। तस्विरः मधुसुधन

काठमाडौं— काठमाडौं विश्वविद्यालयका उपकूलपति (भिसी) को कार्यालय तोडफोड भएको छ। सोमबार बिहान करिब १०ः३० बजे मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले उपकूलपति कार्यालयभित्र प्रवेश गरी कम्प्युटर, प्रिन्टर, झ्याल तथा ढोका तोडफोड गरेका छन्।

एउटाले कम्प्युटर उठाएर भुइँमा बजार्‍यो। त्यसैले हिटर पनि उचालेर फ्याँक्यो। अर्कोले हमरले ढोकामा हानेर फुटायो।

उपकूलपतिकी निजी सहयोगी अम्बिका थापा कार्यालय खोलेर भित्र बसिरहेको बेला मास्क लगाएर भित्र प्रवेश गरेका दुई युवकले अन्धाधुन्द आक्रमण गरी फिल्मीशैलीमा भागेका छन्। अाक्रमणको समयमा केयुका उपकूलपति रामकण्ठ मकाजु कार्यालयमा थिएनन्। अाक्रमणकारीले कार्यालय प्रवेश गर्नासाथ भिसी खाेइ? भनेर सोधेका थिए।

डिजिटल लक सिस्टम रहेको उपकूलपति कार्यालयमा प्रवेश पाउन पिनकोड डायल गर्नुपर्ने अथवा कार्ड स्वाप गर्नुपर्ने हुन्छ। आक्रमणकारीले ढोकाबाट मान्छे बाहिरिएपछि ढोका लक नहुँदै भित्र प्रवेश गरी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए।

ढोकाको डिजिटल लक सिस्टम

‘एउटाले कम्प्युटर उठाएर भुइँमा बजार्‍यो। त्यसैले हिटर पनि उचालेर फ्याँक्यो। अर्कोले हमरले ढोकामा हान्यो’, घटनाका प्रत्यक्षदर्शीले बताए।
कार्यालयमा आक्रमण भएपछि थापा चिच्याएकी थिइन्। उनी कराएको सुनेर मान्छे जम्मा हुनै लाग्दा पश्चिमतर्फको सिँडीबाट हाम्फालेर आक्रमणकारी भागेका थिए। गार्डले केहीबेर लेखेटे पनि उनीहरुलाई पक्राउ गर्न सकेनन्।

७ मोटरसाइकलमा आएका उनीहरुमध्ये २ जना मात्र भित्र प्रवेश गरेका थिए। काठमाडौं विश्वविद्यालयको मुख्यद्वारको सिसीटिभी बिग्रिएको छ।

स्कूल अफ मेडिकल साइन्समा भर्नाको विषय विवादित भइरहको अवस्थामा सो विषयमा चित्त नबुझेको समूहले आक्रमण गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यो बाहेक केयुको क्षेत्रभित्रबाट सडक लैजाने एउटा समूहसँग पनि विवाद भइरहेकाले तिनै स्थानीय आक्रमणमा आएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।


‘विस्तृत अनुसन्धानपछि मात्रै यकिन कुरा भन्न सकिन्छ’, घटनास्थल पुगेको प्रहरीले बतायो।

ताेडफोड गरिएको केयु भिसी कार्यालयको झ्याल। तस्विरः मधुसुधन
ताेडफोड गरिएको केयु भिसी कार्यालयको झ्याल। तस्विरः मधुसुधन
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App