७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चन्द्र भण्डारी खतरामुक्त, स्वास्थ्यमा क्रमिक सुधार हुँदै

फाइल तस्वीर

ग्यास विस्फोटमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारी खतारामुक्त रहेको बताइएको छ।  

मुम्बईमा उनी सँगै रहेका कांग्रेस युवा नेता तथा व्यवसायी योगराज कँडेलका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेका रे अहिले खतरामुक्त रहेको छ।  

उनको स्वास्थ्य अवस्थाबारे निरन्तर अपडेट दिइरहेको कँडेलले सामाजिक संजालमा लेखेका छन्, 'मन आज यती वेला अतीनै प्रसन्न छ आदरणीय चन्द्र दाजी खतरामुक्त हुनुहुन्छ । मन थाम्न नसके पछि केही वेर अगाडी १० वजे आईविसियूमा पुगी ड्युटी डा. प्रसान्त महाराणेलाई भेटी कुरा गर्दा सवै कुराहरू नर्मल रहेको जानकारी गराउनुभयो। प्रश्न गर्ने क्रममा मैले सोधे वहाँ होसमा हुनुहुन्छ त ? क्याविन नं. ८ मा रहनु भएका चन्द्र दाईको क्याविनवाट तीन जना नर्सहरू निक्ले। मेरो अगाडी रहनु भएका डा। प्रसान्तले क्याविनवाट निक्लदै गरेका नर्सलाई सोध्नु भयो विरामी जागै हो ? उनीहरूले भने हो। डा. ले मलाई भन्नु भयो मन छ भने भेट भन्नुभयो सो भन्ना साथ नर्सले गाउन लिएर आईन। नर्स म र डा भित्र गयौ। चन्द्रदाईले मलाई दुवै आँखाले लामो समय हेरेको हेर्यै गर्नु भो। हात उठाउन खोज्ने, टाउको उठाउन खोज्ने धेरै कुरा गर्न मन गरे जस्तो भान हुन्थ्यो। अनि डा. र अन्य नर्सलाई हेर्नु भो। मैले दाई हजुरलाई राम्रो भई रा छ हामी यही छौ भने। मलाई पनि दाईलाई हेरे पछि मन कस्तो कस्तो भयो अनि निक्ली हाले। डा. ले भन्नु भो केही चिन्ता लिनु पर्दैन। दाई खतरामुक्त हुनुहुन्छ साथै निश्चिन्त हुन सवैमा अनुरोध छ। '

बुधबार राति घरमा ग्यास लिक भएर आगलागी हुँदा चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। उनकी आमाको भने बिहिबारै निधन भएको थियो। करिब २५ प्रतिशत शरीर जलेका भण्डारीको मुम्बईमा उपचार भइरहेको छ।

प्रकाशित: ७ फाल्गुन २०७९ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App