१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ट्रकले स्कुटर ठक्कर दिँदा युवतीको मृत्य

भैरहवा—बुटवलको ट्राफिक चोकमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

बुधबार साँझ करिब साढे पाँच बजे बुटवल गोलपार्कबाट राजमार्ग चौराहतर्फ आइरेहेको ट्रकले ट्राफिक चोकमा बाटो क्रस गर्दै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

लु १ ख ८३४१ नं को ट्रकले लु १२ प ५२६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–१३ देविनगर बस्ने २१ बर्षीया शुष्मा सुब्बाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासीनीले बताए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारकाक्रममा मृत्यु भएको डिएसपी मरासीनीले बताए ।

प्रकाशित: २९ भाद्र २०७३ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App