१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान (फोटो/भिडियो)

पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान गर्दै महिला। तस्बिरः प्रबिन कोइराला

काठमाडौँ-भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व मंगलबार सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाउँदैछन् ।

 ऋषिपञ्चमीका दिन बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् । रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

स्नान गरेपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले ‘ऋषिपञ्चमी’ भन्ने गरिएको हो । (रासस)

हेराैं पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नानका केही झलक
भिडियोः

फोटो/भिडियोः प्रबिन कोइराला

 

पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान गर्दै महिला। तस्बिरः प्रबिन कोइराला
पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान गर्दै महिला। तस्बिरः प्रबिन कोइराला
पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान गर्दै महिला। तस्बिरः प्रबिन कोइराला
पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान गर्दै महिला। तस्बिरः प्रबिन कोइराला
पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान गर्दै महिला। तस्बिरः प्रबिन कोइराला
पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान गर्दै महिला। तस्बिरः प्रबिन कोइराला
पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान गर्दै महिला। तस्बिरः प्रबिन कोइराला
पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान गर्दै महिला। तस्बिरः प्रबिन कोइराला
पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान गर्दै महिला। तस्बिरः प्रबिन कोइराला
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App