८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बहराइनमा जेल परेका श्रीमान् रिहाइको याचना गर्दै पवित्रा

वैदेशिक रोजगारीको क्रममा जेल परेका आफ्ना श्रीमान् कृष्णकुमार राईको उद्धारका लागि पवित्रा राईले वैदेशिक रोजगार बोर्डमा बुधबार निवेदन दिएकी छिन्। उदयपुर चौदण्डीगढी नगरपालिका-४ की पवित्राले एक वर्षदेखि बहराइनको जाउ जेलमा रहेका राईलाई उद्धार गरी स्वदेश फर्काइदिन माग गर्दै उजुरी दिएकी हुन्।

उनको श्रीमान् २०७७ फागुनको १९ गते श्रम स्वस्कृति लिएर सामाकोसी स्थीत नाइस म्यानपावर कम्पनीमार्फत बहराइन गएको राईले बताइन्।

‘बहराइनको ड्रिम प्रोप्रटी डेभलभमेन्ट कम्पनीमा ‘मेन्टिनेन्स’ कामदारको रूपमा कार्यतर श्रीमान् एघार महिनापछि २०७८ माघ ७ गते आपसी भगडामा जेल परे।’ सर्लाहीका भरत यादवसँग खाना खाँदा प्याज मागेको र त्यही विषयमा भनाभन हुँदा श्रीमान्को हातमा भएको चक्कुले यादवको पेटमा चोट लागेको कारण त्यँहाको प्रहरीले प्रकाउ गरी मुद्दासमेत चलाएको उनले बताइन्।

यादतलाई लागेको घाउ केही समयमा सन्चो भएर कसैलाई थाहा नै नहुने गरी नेपाल फर्किएको राईले बताइन्। ‘यादव र हाम्रो कुरा हुँदा यादवले म निको भएपछि मिलापत्र गरेर तपाईको श्रीमान्लाई जेलबाट छुटाउछु, मलाई १ लाख ७० हजार पैसा दिनुपर्छ भनेका थिए। हामीले त्यो पैसा यताबाट दिने पनि भएका थियौं। तर केही महिनाको अन्तरालमा त्यो यादव कसैलाई थाहा नै नदिई नेपाल फर्कियो,’ राईले भनिन्।

यादव सकुशल हुँदाहुदै पनि राइलाई ज्यान मार्ने मुद्दामा ५ वर्षको जेल सजाए हालेर यादव नेपाल आएको राईकी श्रीमतीले बताइन्। ‘अब कहाँ जाने, के गर्ने आपत भयो,’ उनले भनिन्, ‘जेलभित्रबाट श्रीमान्को फोन आउँछ। मलाई उद्धार गरिदिनुपर्‍यो। मेरो केही गल्ति छैन। त्यो यादवसँगको एउटा मिलापत्र कागज भए मात्र हुन्छ। त्यसपछि म जेलबाट रिहा हुन्छु।’

उनी दुई बच्चा काखमा लिएर यादवको घर पत्ता लगाउँदै सर्लाही पुगिन्। पहिलो चोटी सर्लाही पुग्दा यादवलाई नभेटिएको तर दोस्रोपटक घरमै यादव भेटिएको उनको बयान छ।

सर्लाहीमा यादवलाई भेट्दा यादवको डिमान्ड ७ लाख पैसा दिए मात्र मिलापत्र गरिदिने राईको श्रीमतीले बताइन्। उनले भनिन्, ‘केही होला भनेर विदेश गएको श्रीमान् केही महिनापछि नै जेल पर्नु भयो। श्रीमान जेल परेको छुट्टै बियोग छ। अर्को मलाई यो स–साना लालावाला छोराछोरी हुर्काउन त कति गाहे भएको बेलामा अब ७ लाख कहाँबाट ल्याउने?’

‘मसँग पैसा छैन भन्दै गर्दा यादवले ५ लाख दिनु म मिलापत्र गर्छु भन्यो,’ उनले फेरि थपिन्, ‘म सँग पैसा छैन बरु ऋणधन गरेरै भएपनि १ लाख चाहिँ दिन्छु भन्दा यादवले स्वीकार गरेनन्।’

यसरी यादव केही नभएको मान्छे नेपाल आइसक्यो तर आफ्नो श्रीमान् ५ वर्ष सम्म कैद रहने चिन्ताले भैतारिरहेकी उनी भन्छिन्, ‘पैसा दिए मिलापत्र गर्छु नत्र गर्दिन भन्ने यादवचाहिँ आनन्दले नेपाल बसेर पैसाको बार्गेनिङ गर्दैछ ।’ श्रीमान्लाई नेपाल फिर्ता गर्न आफ्नो ज्यान जोखिममा राख्न पनि तयार रहेकी उनी बताउँछिन्।

सोही क्रममा श्रीमान् विदेश गएकै नाइस म्यानपावरमा हारगुहार गर्दै पुगेकी राईको गुनासो छ। तर नाइस म्यानपावरका सञ्चालकले पनि राईको कुरा नसुनिदिएको पीडितले बताइन्। ‘तपाईंको श्रीमान् जेलबाट निकाल्न त्यो यादवसँग मुद्दा फिर्ता गराउनलाई भिजिट भिसामा बहराराइन पठाए मात्र हुन्छ। त्यसको लागि १२/१३ लाख लाग्छ भनेर म्यानपावरले भन्छ,’ राईले भनिन्। यसरी जता जाँदा पनि पैसा भए मात्र काम हुने रहेछ राईको श्रीमतीको गुनासो छ।

यसरी हन्डर ठक्कर खाँदै जेलमा रहेका श्रीमान्को उद्धारका लागि उदयपुरबाट दुई बालबच्चा बोकेरै काठमाडौं आएकी उनले बताइन्। काठमाडौं सहरमा वैदेशिक रोजगार विभाग खोज्दै आइपुगेकी राइले अहिले भने उक्त विभागमा उजुरी दिएकी छिन्।

वैदेशिक रोजगार वोर्डको निर्देशक दीपक ढकालले भने, ‘श्रम गरेर गएका व्यक्तिहरू विदेशमा अप्ठ्यारो परेको खण्डमा १५ लाखसम्म कानुनी सहायता दिने प्रावधान रहेको छ। नेपालका नागरिक विदेशमा कूटनीतिक नियोगमार्फत जेल परेको हुँदा कानुनी सहायता दिनुपर्ने छ भने जतिसक्दो चाँडो समन्वय गरेर स्वदेश झिकाउनुपर्छ।’

कुनै पनि म्यानपावर कम्पनीले पठाएको मान्छे जेल परेको छ भने जेल परेको मान्छेको परिवारसँग समन्यवय गर्ने, स्वदेश फर्काउनका लागि के कस्तो प्रक्रिया चाल्नु पर्ने हो, पीडित परिवारलाई सहकार्य गरेर हौसला प्रधान गर्ने, श्रम गरेर विदेश पठाएर फर्केर नआउञ्जेलसम्मको दायित्व संस्थागत र व्यक्तिगत केमार्फत विदेश गएको हो उसको जिम्मा लिनुपर्नेसमेत निर्देशक ढकालले बताए।

वैदेशिक रोजगारीमा गएका श्रीमान्को मृत्युपछि परिवारको विचल्ली

सर्लाही हरिपूर्व–३ की जरिना खातुनका ४५ वर्षीय श्रीमान् साह मोहमद वैदेशिक रोजगारीका लागि दुवई गएका थिए। दुवई गएको करिब तीन वर्षपछि उनी दुई महिनाको छुट्टीमा नेपाल आएकै बेला सिकिस्त बिरामी परे र कात्तिक ६ गते निधन नै भयो। त्यसो त गत वैशाखमा रमजान सुरु भएलगत्तै एक महिनाको रोजा बसेदेखि नै उनी दुवईमा नै बिरामी भएको मोहमदकी श्रीमती खातुनले बताइन्। ‘दुवईमा बिरामी पर्दा अस्पताल जादै औषधि खाँदै काम पनि गर्नु हुनुहुन्थ्यो। कहिलेकाहिँ टाउको दुख्यो भन्नुहुन्थ्यो,’ उनले भनिन्। तर, छुट्टीमा घर आएलगत्तै मोहमद बिरामी भएपछि काठमाडौंको विभिन्न अस्पताल लगे पनि अन्तिममा न्यूरो अस्पतालमा ‘ब्रेन ट्युमर’ भएको पत्ता लाग्यो र डाक्टरले बिरामी बचाउन नसक्ने जानकारी दियो।

डाक्टरले त्यसो भनेपछि खातुनलाई ‘दिउँसै अध्याँरो भएको’ अनुभव भयो। छोरा छोरीको याद आयो भने जिन्दगीको गुजारा कसरी चलाउने भन्ने चिन्ता थपियो। मोहमदका एक छोरी र दुई छोरा छन्। आफूसँग भएको केही पैसासमेत श्रीमान्को उपचारमा सकिएकाले उनलाई जिन्दगीको अगाडीको गुजारा चलाउने विषय अत्यासलाग्दो लाग्यो।

तैपनि वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यु भएमा वैदैशिक रोजगार वोर्डबाट केही राहत मिल्ने आशामा खातुनले त्यहाँ निवेदन दिइन्। मोहम्मद श्रम स्वीकृती लिएर विदेश गएको र श्रम स्वीकृतिको नवीकरण पनि गरेको हुँदा अहिले खातुनले वोर्डबाट सात लाख रूपैयाँ पाउने भएकी छिन्। श्रम स्वीकृति लिएको तीन वर्षभित्रमा कुनै व्यक्तिको मृत्यु भएमा वोर्डबाट सात लाख रूपैयाँ पाउने बोर्डका निर्देशक दीपक ढकालले बताए। विदेशमा हुँदा वा छुट्टीमा स्वदेशमा रहदा नै किन नहोस्, केही कारणबस कुनै व्यक्तिको मृत्यु भएमा त्यस्ता व्यक्तिको परिवारलाई क्षतिपूर्ति रकम दिने गरेको ढकालले बताए।

‘मृतकको परिवारले निवेदनका साथ आवश्यक काजगातहरू पेश गरेमा केही दिनमा नै कल्याणकारी कोषबाट पैसा प्राप्त गर्न सक्छन्,’ निर्देशक ढकालले भने। मृतकको पासपोर्ट फोटो भएको पाना तथा श्रम स्वीकृतिको स्टीकर भएको पाना, सम्वन्धित मुलुकको राजदूतावास वा स्वास्थ्य संस्थाको पत्र, शव बुझेको भन्सारको कागज, स्पष्ट नाता खुलेको नाता प्रमाणपत्र, मृत्यु दर्ताको प्रमाणपत्र, मृतक र हकवालाको नागरिकताको प्रतिलिपि, हकवालाको फोटो १ प्रति र मृतक अविवाहित भए सो खुलेको कागज लगायतका आवश्यक कागजपत्रहरू निवेदनसाथ पेस गर्नुपर्ने पनि ढकालले जानकारी दिए।

प्रकाशित: १५ माघ २०७९ ०१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App