१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट स्कुटीमा सवारको मृत्यु

भक्तपुर– मध्यपुर थिमी नगरपालिका –१५ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको बा.७१ प २३७८ नं को स्कुटीलाई सोही दिशातर्फ गइरहेको ना ५ ख ७८१३ नं को ट्रकले ठक्कर दिँदा स्कुटी पछाडी सवार जिल्ला धादिङ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका–८ बस्ने वर्ष ३७ को ओसिर तामाङको मृत्यु भएको छ।

घाइते भई उपचार्थ भक्तपुरको लोकन्थलीस्थित नागरिक अस्पताल लगेकोमा थप उपचारको लागि मध्यपुर अस्पताल लगेको र उपचारको क्रममा मृत घोषणा भएको प्रहरीले जनाएको छ।

शुक्रबार नै भएको यी दुर्घटनाका ट्रक चालक काभ्रे बस्ने बर्ष ४२ को आनन्दकुमार खड्का घटनापछि फरार भएकोमा काठमाडौं कोटेश्वरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता शेखर खनालले जानकारी दिए।  

 

प्रकाशित: ११ भाद्र २०७३ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App