८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

देउता उत्रिएको भन्दै काँचो पिठो खाँदा अड्केर धामीको मृत्यु

जुम्ला–जिल्लाको मालिकाठाटाँ गाविसमा काँचो पिठो खाएर एक धामीको मृत्यु भएको छ । खोप्री गाउँका ५८ वर्षीया धामी कोल्थे थापाको काँचो पिठो खाँदा स्वासप्रस्वासमा समस्या भएपछि मृत्यु भएको स्थानीयले बताए । उनी ईमेल्चागाडी मन्दिरका मुल धामी हुन् ।

देउता चढेको बेला काँचो पिठो खाएका उनको घाँटीमा पिठो अड्कीएर  मृत्यु भएको स्थानीय मोतिराम वुढाले जानकारी दिए ।

जुम्ला–जाजरकोटको सिमानामा पर्ने पाटनामा रहेको नदैडाव तिर्थ गएका उनी आफ्नै गाउँ नजिकैको नदै गुफाको तिर्थमा समेत नाच्न भ्याएका थिए ।  उनले नदै गुफामा पुजा समेत गरेका थिए । त्यसपछि मालिकाठाटाँ गाविसको ६ वडामा रहेको लामा विष्णुको मन्दिरमा पुजापाठ गर्न आएको बेला उनी निकै लामो समयसम्म धामी नाचे ।

‘उनले देउता चढेको भन्दै काँचो पिठो खाएपछि घाँटीमा अड्कियो, त्यसपछि उनी आत्तिए।’  प्रत्यक्षदर्शी समेत रहेका वुढाले भने ‘अघिपछि पूर्णिमामा उनले काँचो पिठो निकै खान्थे, केही हुन्थेन तर यो पटक काँचो पिठोले उनको मृत्यु निम्त्यायो ।’

उनलाई स्वास्थ्यचौकीमा लगिएको र त्यहाँ उपचार संभव नभएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको थिए ।

 

प्रकाशित: ४ भाद्र २०७३ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App