२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौं प्रशासनले सुरु गर्‍यो १० वटा सेवामा ‘टाइम कार्ड’

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ। बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नागरिक न्युजलाई जानकारी दिए।

उनका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो। सेवा लिन आउनेले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र  जस्तै उनीहरु १ बजे आएका छन् भने १ः४५ सम्म सबैकाम पुरा हुने व्यवस्था लागु गरिएको हो।  

उनले भने, ‘संस्था नवीकरणका लागि ३० मिनेट। नागरिकता बनाउनका लागि एक घण्टा, नाबालक परिचय पत्र, प्रशासनबाट प्रदान हुने अरु सबै सिफारिसका लागि एक घण्टा समय तोकेका छौं।’  

उनले थपे राष्ट्रिय परिचयपत्रको लागि ३० मिनेट, राहदानी छपाइ भएर आइसकेपछि लिनका लागि १५ मिनेट, मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ भने प्रमुख जिल्ला अधिकारीले गर्ने फैसलाकाे लागि ६० दिनभित्र गरिसक्ने भनिएको छ।  

कार्यलयको गुनासो केही भए ३ देखि ४ बजे सम्म प्रमुख जिल्ला अधिकारीले सुन्ने व्यवस्था लागु गरेका उनले बताए।  

प्रकाशित: २१ पुस २०७९ ११:३६ बिहीबार

जिल्ला प्रशासन कार्यालय काठमाडौं काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय