२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

ट्राफिक प्रहरीको बिषेश चेकिङ: २०० भन्दा बढी चालक ट्राफिक कारवाहीमा

काठमाडौं उपत्यकामा आज गरिएको विशेष चेकिङमा २८६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहि गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता अवदेश विष्ट क्षेत्रीका अनुसार चेकिङका क्रममा बम्पर गार्ड नहटाएका १२ वटा, धुँवा बढी फाल्ने ३ वटा, नम्बर स्पष्ट नभएका ९ वटा, नम्वर प्लेट आकाश तिर फर्केका २ वटा, मदिरा पियर सवारी साधन चलाउने १ जना र अन्य कसुरमा २६० वटा गरी २८६ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो।  

उनका अनुसार काठमाडौंको नँया बसपार्क, सोह्रखुट्टे र स्वयम्भु चोकमा आज सवारी साधनको विशेष चेकजाँच गरिएको थियो। ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारवाहीको दायरामा ल्याउने कार्यलाई निरन्तरता दिईएको उनले बताए।  

प्रकाशित: २० मंसिर २०७९ १४:०३ मंगलबार

उपत्यका सवारी साधन