६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति प्रदेश १ का केही तथा वागमती र गण्डकी प्रदेशका पहाडी  भू–भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  

आगामी २४ घण्टामा तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ। 

प्रकाशित: १४ मंसिर २०७९ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App