२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

हामी नेपाल र जेन–जीलाई फरक बनाउने सोच्दैछौँः सुदन गुरुङ

हामी नेपालका संस्थापक सुदन गुरुङले हामी नेपाल र जेन–जीलाई पूर्ण रूपमा फरक बनाउनेबारे सोचिरहेको बताएका छन् बिहीबार फेसबुकमा भिडिओ वक्तव्य जारी गर्दै सुदनले यस्तो बताएका हुन्।  

‘अब देखि हामीले के सोचिराख्या छौं भने जेन–जी र हामी नेपाल पूर्ण रुपमा फरक बनाउने भन्ने हाम्रो सोचाइ छ,’ सुदनले भने।  हामी नेपाल एउटा संस्था नभएको बताउँदै उनले यसबाट बेलाबेला धेरै राम्रा काम गरेको दाबी गरे।  

‘समाजको बेथिति, विसंगती, भ्रष्टाचारबारे अहिले मात्र होइन, पहिलादेखि उठाएको कुरा हो,’ सुदनले भने,‘जेन–जीसँग हामी नेपाललाई छुट्टाएर अब हामी सामाजिक काम मात्रै गर्नेगरी अगाडि बढाउँछौं भन्ने सोचाइ छ।’  

आफूलाई बारबरा फाउन्डेसनको फन्डिङलगायतको विषयको प्रस्ट पार्ने भिडिओ भोलि बनाएर सार्वजनिक गर्ने पनि उनले बताए।  

सुदन तिनै व्यक्ति हुन जसले जेन–जी आन्दोलनको नेता भएको दाबी गर्दै आएका छन्। तर कतिपय जेन–जी अभियन्ताले भने उनले आन्दोलनलाई हाइज्याक गरेको आरोप लगाइरहेका छन्।  

प्रकाशित: १६ आश्विन २०८२ १८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App