५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कास्कीमा नौ सिटका लागि १०८ जनाले दिए उम्मेदवारी

कास्कीमा नौ सिटका लागि १ सय ८ जनाले उम्मेदवारी दिएका छन्। आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले हिजो दिएको उम्मेदवारी दर्ताको समयसीमा भित्र कास्की प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ गरी नौसिटका लागि १ सय ८ जनाले उम्मेदवारी दिएका हुन्।

प्रतिनिधिसभा सदस्यका लागि कास्कीका ३ सिटमा ५३ जनाले उम्मेदवारी दिएका छन्। प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ मा १७ जना, कास्की क्षेत्र नम्बर २ मा १८ जना र कास्की क्षेत्र नम्बर ३ मा १८ जनाले उम्मेदवारी दिएका हुन्।

त्यस्तै, प्रदेशसभाका ६ सिटका लागि ५५ जनाले उम्मेदवारी दिएका छन्। कास्की क्षेत्र नम्बर १ को (क) मा ९ जना, कास्की क्षेत्र नम्बर १ को (ख)मा ८ जना, कास्की क्षेत्र नम्बर २ को (क)मा ११ जना, कास्की क्षेत्र नम्बर २ को (ख)मा ९ जना, कास्की क्षेत्र नम्बर ३ को (क)मा  १० जना र कास्की क्षेत्र नम्बर ३ को (ख)मा ८ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।

 प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ मा १३ दल र ४ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन्। यहाँ गठबन्धनबाट नेपाली कांग्रेसका किशोरदत्त बराल, एमालेका मनबहादुर गुरुङ, नेकपा माओवादी समाजवादीका टुकबहादुर सिंजाली, हाम्रो नेपाल पार्टीका प्रमोद आचार्य, राप्रपा नेपालका महेन्द्र खत्री, मंगोल नेसनल अर्गनाईजेसनका यज्ञबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई, नेमकिपाका राजेन्द्र माक, जसपाका शर्मिला नेपाली मगराती, आमूल परिवर्तन मसिहा पार्टीका सविना बेगम, एकीकृत शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टीका सीता श्रीस मगर र राप्रपाका सूर्यबहादुर गुरुङले उम्मेदवारी दिएका छन्। त्यस्तै, स्वतन्त्रबाट चितवनका आनन्द सापकोटा, कास्की मादीका घननाथ सापकोटा, तनहुँका दिलबहादुर राना र पोखरा–२६ का सौगात जिसीले उम्मेदवारी दिएका छन्।

प्रदेश सभाका लागि कास्की क्षेत्र नम्बर १ को (क)मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दीपक कोईराला, एमालेका खगराज अधिकारी, जनमत पार्टीका अनिता कुमाल, राप्रपाका बाबुराम थापा, हाम्रो नेपाल पार्टीका मदनबहादुर केसी, जसपाका रामकाजी चर्माकार तथा स्वतन्त्रबाट पोखरा–३१ का नवराज पौडेल, पोखरा–३१ कै भरतराज तिवारी र पोखरा–२७ का विश्वराज पौडेलले उम्मेदवारी दिएका छन्।

कास्की–१ को (ख)मा गठबन्धनबाट नेपाली कांग्रेसका दीपक गुरुङ, एमालेका बेदबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाईजेसनका ख्यामबहादुर गुरुङ, पोखरा–१० की गौमति गुरुङ, राप्रपा नेपालकी दिलमाया मुक्तान, राप्रपाका महेन्द्रबहादुर कार्की, हाम्रो नेपाल पार्टीका महेश श्रेष्ठ र जसपाका हर्कबहादुर गुरुङले उम्मेदवारी दिएका छन्।

प्रतिनिधि सभाका लागि कास्की–२ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, एमालेकी विद्या भट्टराई, राप्रपा नेपालबाट अजय विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका ईश्वरबहादुर राना, आमूल परिवर्तन मसिहा पार्टीका गिताबहादुर रोका, नेमकिपाका पशुपति प्रजापती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राई, जसपाका बुद्धिकुमारी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल, हाम्रो नेपाल पार्टीका शिरिष गुरुङ, राप्रपाका सुवर्णराज पन्त र मंगोल नेसनल अर्गनाईजेसनका ज्ञानराज गुरुङले उम्मेदवारी दिएका छन।

त्यस्तै स्वतन्त्रबाट पोखरा–८ का ऋगेन्द्र गिरी, पोखरा–१७ का गीता नाथ, पोखरा–१२ का जमुना वर्षा, पोखरा–२८ का तारानाथ सुवेदी र पोखरा–२३ का महादेव गुरुङले उम्मेदवारी दिएका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएका गुरुङ पूर्व मन्त्री तथा कांग्रेस नेता हुन्।

कास्की–२ को (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने, एमालेका भीमबहादुर कार्की, जसपाका ईश्वरकुमार गुरुङ, हाम्रो नेपाली पार्टीका चेतबहादुर महत, राप्रपानेपालका दीपक विश्वकर्मा, मंगोल नेसनल अर्गनाईजेसनका पदमबहादुर गुरुङ तथा स्वतन्त्रबाट पर्वतका दीपकप्रसाद पौडेल, पर्वतकै फलेवासका दुर्गाकुमारी शर्मा, पोखरा–१७ का निशा थापा गुरुङ र पोखरा–२२ का सुन्दर बरालले उम्मेदवारी दिएका छन्।

 कास्की–२ को (ख) बाट गठबन्धनबाट नेपाली कांग्रेसका विन्दुकुमार थापा, एमालेकी मीना गुरुङ, राप्रपाका अरुण गिरी, नेपाल सुशासन पार्टीका कृष्ण भुजेल, जसपाका धनबहादुर परियार, मंगोल नेसनल अर्गनाईजेसनका लक्ष्मण विश्वकर्मा तथा स्वतन्त्रबाट पोखरा–२७ का मोनिका तामाङ, स्याङ्जाका लिलमाया पुन गुरुङ र श्रमिक घर्ती क्षेत्रीले उम्मेदवारी दिएका छन्।

प्रतिनिधि सभा सदस्यका लागि कास्की–३ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल, एमालेका दामोदर बैरागी, जनता समाजवादी पार्टी (जसपा)का हितकाजी गुरुङ, राप्रपा नेपालका राजाराम दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, राप्रपा नेपालका जगतप्रसाद सुवेदी, मंगोल नेसनल अर्गनाईजेसनका गंगाकुमारी खपाङ्गी तामाङ, नेपाल मजदुर किसान पार्टीका बलराम सिबञ्जार, हाम्रो नेपाल पार्टीका विवेककुमार पौड्यालले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै स्वतन्त्रबाट पोखरा–५ प्रस्याङकी अनिता भुत्र्याल, पोखरा–२५ कुवँरथरका कमलजंग कुवँर, कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर–२ का टंकप्रसाद अधिकारी, काठमाडौं–३ का ढकबहादुर कार्की, पोखरा–५ शिवालयमार्गका दुर्गाप्रसाद कोईराला, पोखरा–१८ का पशुपतिनाथ तिमिल्सिना, कास्की अन्नपूर्ण गाउँपालिका–४ का यमकृष्ण पौडेल, पोखरा–१८ पँधेलीका यादवप्रसाद तिमिल्सेनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। यसैगरी स्वतन्त्रबाट कास्की माछापुच्छ«े गाउँपालिका वडा नम्बर–खोराकोमुखका जगन्नाथ बास्तोलालेपनि उम्मेदवारी दिएका छन् । एमालेका पुराना र प्रभावशाली नेता बास्तोलाले एमालेका आधिकारिक उम्मेदवार दामोदर बैरागीबिरुद्ध बागी उम्मेदवारी दिएका हुन्।

कास्की–३ को (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारी, एमालेका गणेशमान गुरुङ, राप्रपाका केदारनाथ पौडेल, हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिना, जसापका जगतबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाईजेसनका जीवनबहादुर गुरुङ, आमूल परिवर्तन मसिहा पार्टीका मोतीलाल परियार तथा स्वतन्त्रबाट पोखरा–१९ का कोमलप्रसाद शर्मा बास्तोला, पोखरा–१ का चन्द्रबहादुर गुरुङ र कास्की माछापुच्छ«ेका लिलाधर ढकालले उम्मेदवारी दिएका छन्।

कास्की–३ को (ख)मा गठबन्धनबाट कांग्रेसका प्रकाश बराल, एमालेका राजिव पहारी, जसपाका गोरे दमै, राप्रपा नेपालका चिना दवाडी, मंगोल नेसनल अर्गनाईजेसनका मनतोष घले, नेकपा माओवादी समाजवादीका रामवृक्ष धोवी÷रजक, हाम्रो नेपाली पार्टीका सुनिल ढकाल र राप्रपाका हरिराम भण्डारीले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २४ आश्विन २०७९ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App