५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी भित्रको कलहले परिणाम गम्भीर देखिनेछ: गुरुराज घिमिरे

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताएका छन्।  

बिहीबार काठमाडौँमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताए। उनले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए।

‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ। गठबन्धनसँग जनमत छ।‘ उनले भने, ‘हामीले न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौँ। त्यही अन्तर्गत यो चियापन हो। सभापति ज्युले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ। प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ।’

प्रकाशित: १३ आश्विन २०७९ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App