५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अहिलेको नागरिकता विधेयक काम लागेन फिर्ता गर्नुस्ः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्धका नागरिकता पाएका सन्तानहरुले वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताएका छन्। सोमबार धनुषा जिल्ला कमिटीले जनकपुरको तिरहुतियागाछीमा आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भनेर म प्रधानमन्त्री हुँदा मैले अध्यादेश ल्याएको थिए। अध्यादेशमार्फत कानुन बनाएर ५/६ हजार मान्छेलाई नागरिकता बाँडिसकेका थिए। ओलीले भने, तर यहीँ गठबन्धनका नेताहरूको इसारामा अदालतमा मुद्दा हालेर रोक्न लगायो।'

'अहिलेको सरकारले नागरिकता दिन खोज्छ त? देशको प्रमुख पार्टीसँग सरसल्लाह गर्दैन। राष्ट्रपतिसँग विचार विमर्श गर्दैन राष्ट्रपतिले उठाइएको विषयमा एकपल्ट छलफल गर्नुस् न भन्दा गर्दैन। संसदमा पठाउँदा एकपल्ट छलफल गर्दैन। ओलीले भने, बाहिरै संविधानले नचिनेको अनागरिक मान्छेहरू बसेर राष्ट्रपतिको कुरा नमाने। त्यसलाई छलफलमा नलाग्ने बलजफ्ती गठबन्धनको बलमा हामीसँग बहुमत छदैछ। त्यसलाई अस्वीकार गर्न लगायो।'

'एक हप्ता अगाडिदेखिनै भनिरहेको छु नागरिकताको समस्या गम्भीर समस्या हो। कमसेकम अहिले जन्मसिद्धका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता उपलब्ध गराउनुपर्ने यति कुरा संसदमा पास गरौंन। उनले भने, अहिले पनि संसद चालु छ, म गठबन्धन सरकारलाई भन्न चाहन्छु। प्रस्ताव ल्याउ संसदमा तुरुन्त पास गराउने जिम्मा मेरो। प्रतिपक्षले तुरुन्त भोट हाल्छ। जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्छ एमालेको नारा हो।'

गठबन्धनका सरकारले नागरिकलाई दिलाउनु छैन। तर एमाले नागरिकता दिन दिएन भने भ्रम फैलाउने र झुठको खेती गर्न खोजेको ओलीले आरोप लगाए। उनले  भने, 'अहिले विधेयक काम लागेन फिर्ता गर्नुस्' गठबन्धनका सरकारले नयाँ विधेयक ल्याए एमाले हात उठाएर समर्थन गर्ने बताए।

प्रकाशित: २७ भाद्र २०७९ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App