४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्छ: प्रचण्ड

प्रेस सन्टेर कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड। तस्बिर उमेश पुन÷नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेमा आफूहरु विश्वस्त भएको बताएका छन्। ‘नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमणीकरण हुन्छ, हामीले विश्वास लिएका छौं। प्रमाणीकरण नभए अदालतमा जान्छ।’ प्रेस सेन्टर कास्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने–‘प्रमाणीकरण नभए दोस्रो अप्सनमा राष्ट्रपतिले राजीनामा दिनुपर्छ।’ उनले दुवै सदनबाट पास भएको विधेयकलाई राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वस्त रहेको बताए।  

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नागरिकता विधेयक खास गरी बंशजको नागरिकताबाट पाउन बञ्चित भएकाको हकमा ल्याइएको दावी गरे। उनले बैवाहिक अंगिकृतलाई ७ वर्षपछि मात्रै नागरिकता दिने विषयमा माओवादीको स्पष्ट अडान रहेको उल्लेख गर्दै विवाह गरेर आउने वित्तिकै नागरिकता पाउनुपर्छ भन्ने गतल भएको बताए। ‘अहिले जन्मसिद्ध(बंशज)लाई नागरिकता दिनुपर्छ भनेर विधेयक ल्याइएको हो।’ उनले भने–‘भारतमा बैवाहिक अंगिकृतलाई ७ वर्षपछि नागरिकता दिने प्रचलन छ। नेपालमा विवाह गरेर ल्याउने वित्तिकै नागरिकता पाउनुपर्छ भन्ने होईन, तालमेल मिल्दैन्। त्यसैले अंगिकृत ७ वर्षको समयपछि नागरिकता दिनुपर्छ भन्ने अडानमा माओवादी स्पष्ट छ।’ उनले आफु राज्य व्यवस्था समितिको सदस्य रहदाँ नै अंगिकृतलाई ७ वर्षपछि मात्रै नागरिकता दिने विषयलाई बहुमतले पारित गर्ने निर्णय गरिएको दोहो¥याए।  

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि गठबन्धन भएर अगाडि बढ्ने सुनाए। संविधान, लोकन्तन्त्र र राष्ट्रियताको सुरक्षाको लागि गठबन्धन आवश्यक भएको भन्दै अध्यक्ष प्रचण्डले सकारात्मक समझदारी र सहमतिकै आधारमा हुने स्पष्ट पारे। ‘सकारात्मक सहमतिको निकट छौं। हिजैं टुग्याउने स्थितिमा थियौं।’ उनले भने–‘शीर्ष नेताहरुको व्यवस्ताले भ्याईएन्। आज टुग्याउँन सक्छौं।’ उनले गठबन्धनमा जटिल समस्या पैदा नभएको जिकिर गरे।  

उनले चुनाव अघि नै को प्रधानमन्त्री भन्ने नभएको भन्दै चुनावको परिणामले मात्रै देखाउने बताए। ‘गठबन्धनमा प्रधानमन्त्री को बन्ने भन्ने छैन्। त्यसमा विवाद भएको छैन्।’ उनले भने–‘चुनावपछिको रिजल्ट कस्तो हुन्छ त्यसले देखाउँछ।’ उनले स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेकोले संघीयतालाई संस्थागत गर्ने विश्वास व्यक्त गरे। उनले संघीयता संस्थागत गर्न भएको स्थानीय तहको निर्वाचनमा जसले जितेपछि प्रगतिशिलको जित भएको ठोकुवा गरे। ‘अब प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलपूर्वक सम्पन्न गर्ने दायित्व र जिम्मेवारी रहेको छ।’ अध्यक्ष प्रचण्डको भनाई थियो।  

अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमै नेपाली व्यापारीहरुको सामान चीनमा रोकिएको विषयमा समेत कुरा उठाइएको बताए। चीनले भन्सारमा नेपाली सामान रोकेर अघोषित नाकाबन्दी गरेको छ नि भन्ने पत्रकार प्रश्नको उत्तर दिदैं प्रचण्डले भन्सारमा रोकिएको सामानको विषयमा चीनका अधिकारीहरुसँग तत्कालै छलफल गरिने स्पष्ट पारे।

प्रकाशित: २४ भाद्र २०७९ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App