२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रका अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठको नाम गोरखाबाट सिफारिस

आसन्न निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ। 

माओवादी केन्द्र गोरखाले केन्द्रिय अध्यक्ष र उपाध्यक्षलाई यहाँको दुईवटा क्षेत्रकामा उम्मेदवारका लागि सिफारिस गरेको जनाएको छ। गोरखा १ बाट दाहाल सहित प्रत्यक्ष तर्फ तीन जना र २ बाट श्रेष्ठ सहित चार जनाको नाम सिफारिस भएको हो।  

केन्द्रीय सदस्य हरिराज अधिकारी, सुशिला सिंखडाको नाम पनि माओवादी केन्द्र गोरखाले क्षेत्र नम्बर १ का लागि सिफारिस गरेको जनाएको छ। क्षेत्र नम्बर २ मा केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुडामणी खड्का र लेखनाथ न्यौपानेको नाम सिफारिस भएको छ।  

क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा केन्द्रिय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ, परशुराम रम्तेलको नाम सिफारिस भएको छ भने १ ‘ख’ मा केन्द्रीय सदस्य कृष्ण धिताल, गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य धु्रब भट्टको नाम सिफारिस भएको माओवादी केन्द्र गोरखाले जनाएको छ।  

क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ मा केन्द्रीय सदस्य खोपबहादुर कंडेल, कमला नहर्की र र प्रदेश समिति सदस्य धना तमु र प्रदेश क्षेत्र ‘ख’ मा केन्द्रीय सदस्य भगवती तिवारी, माओवादी केन्द्र बारपाक सुलिकोट अध्यक्ष नरबहादुर गुरुङ र बासु पोखरेलको नाम सिफारिस भएको छ। समानुपातीक तर्फ पनि नाम टुङ्गो लगाइएको बताइएको छ तर नाम सार्वजनीक गरिएको छैन। 

प्रकाशित: १७ भाद्र २०७९ ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App