१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महामन्त्रीमा शशांकको अग्रता कायमै, कोषाध्यक्षमा सीतादेवीको १० मतको अग्रता

काठमाडौं— नेपाली कांग्रेसको १३ महाधिवेशन अन्तर्गत आइतबार भएको महामन्त्री र कोषाध्यक्ष पदको मतगणना भइरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीमा रामचन्द्र पौडेल प्यानलका शशांक कोइरालाले अग्रता लिएका छन्।सुरुदेखि नै अग्रता लिएका उनी पछिपछि शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसी रहेका छन्।

कोषाध्यक्षमा पौडेल प्यानलकी सीतादेवी यादव र देउवा प्यानलकी चित्रलेखा यादबबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ। सुरुमा सीतादेवीले अग्रता लिए पनि करिब १ हजार मत गणना गर्दा चित्रलेखाले अग्रता लिइरहेकी थिइन्। अहिले पुनः सीतादेवीले अग्रता लिएकी छिन्।

महामन्त्रीमा शशांक कोइरालाले ६०४ मत पाएका छन्। दोस्रो स्थानमा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीले ४५५ मत पाएका छन् भने कृष्ण सिटौला प्यानलका गगनकुमार थापा २८५ मत पाएर तेस्रो स्थानमा छन्।

यसैगरी कोषाध्यक्षमा सीतादेवी यादबले १० मतले अग्रता लिएकी छिन्। सीतादेवीको ६२७ मत रहेको छ भने उनकी निकटम प्रतिद्वन्द्वी देउवा प्यानलकी चित्रलेखा यादबको ६१७ मत रहेको छ। तेस्रो स्थानमा रहेका उमाकान्त चौधरीरले १४५ मत पाएका छन्। अर्का उम्मेदवार कृष्ण कार्कीले २७ मत पाएका छन्।

प्रकाशित: २५ फाल्गुन २०७२ ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App