२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

अल्फा बिटा पुगेका बालेनले जंगिदै भने: तपाईँको घरको नक्सा मसँग हुन्छ?

बालेन नेतृत्वको टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गर्दै नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फा बिटा कम्प्लेक्समा पुगेका छन्।

नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाको भवनको अगाडि फर्मेसी सञ्चालन हुँदै आएको छ। भवनको अगाडि फर्मेसी हुँदा पार्किङ भने सडक पेटीमा हुने गरेको छ।

मेयर बालेनले अल्फाबिटाका प्रतिनिधिलाई सटर बन्द गर्न निर्देशन दिए। अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्माले मेयरसँग आफूले गतल काम नगरेको भन्दै असन्तुष्टी जनाएका थिए।

बालेन र अल्फाबिटाका प्रतिनिधिबीच केहीबेर भनाभन समेत भएकाे थियाे। मेयर बालेनले प्रमुख शर्मासँग झोँक्किँदै भने, ‘तपाईको घरको नक्शा मसँग हुन्छ। यहाँ यत्रो नोटिस दिएको छ। के हो यो? ३५ दिनभित्र खाली गर, भनेर नोटिस दिएको होइन? तपाईंको घरको नक्सा म सँग हुन्छ?’ 

त्यसरी आवेगमा आएर बोलेपछि प्रमुख शर्माले मेयर शाहले आफूलाई हेपेकाे बताउँदै वकिलसँगै नक्सा लिएर आउँछु भनेका थिए। साथै उनले जुनसुकै व्यवसायीलाई पनि यसरी हेप्न पाइँदैन भन्दै आक्राेशित बनेका थिए। त्यसपछि पार्किङका लागि बनाइएको संरचना खाली गर्नू भन्दै मेयर बाहिरिएका थिए।

महानगरपालिकाले अवैधरूपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर दिँदै आज नयाँ बानेश्वर क्षेत्रमा अवलोकनका लागि पुगेको हो।  

बालेन नेतृत्वको टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गर्दै बानेश्वर र शंखमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउँमा पुगेर संरचना हटाउन केही समय दिँदै सटर बन्द गराएको छ।

नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने मेयर साहले बताएका छन्। बानेश्वर क्षेत्रमा अबैधरुपमा बनेका संरचनामा व्यवसाय गरिरहेका व्यापारीहरुलाई मेयर साहले सम्झाइबुझाई गरी छिटो भन्दा छिटो ठाँउ खाली गर्न निर्देशन दिएका छन्।

यसअघि महानगरपालीकाले निकालेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरेपछि बुधबारदेखि अवैध संरचना भत्काउने काम सुरू गरेको हो।

मल बनाउदा पार्किङका लागि निर्धारण गरिएको स्थान भाडामा लगाइ व्यापार गर्दा पार्किङमा समस्या भएकाले महानगरले यस  किसिमको कदम चालेको जनाएको छ। 

प्रकाशित: ९ भाद्र २०७९ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App