३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

'पासपोर्ट बनाउन बिचौलियालाई घुस दिनुपर्ने अवस्था तत्काल रोकियोस्'

राष्ट्रिय सभाका सांसद महेशकुमार महराले राहदानी विभागमा पासपोर्ट बनाउन बिचौलियालाई घुस दिनुपर्ने अवस्था रहेको भन्दै सो अवस्था तत्काल रोक्न माग गरेका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै बिचौलियाको सेटिङमा काम गर्ने कर्मचारीलाई कारबाही गरी सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउन सरकारसँग माग गरे।

उनले भने, ‘राहदानी विभागमा धेरै टाढाबाट इर्मजेन्सी पासपोर्ट बनाउन आउँछन्। उनीहरुलाई सहजै उपलब्ध हुन सकेको छैन। बीचका दलालहरुले ३ हजारदेखि ६ हजारसम्म पैसा खाएर हामी गर्छौं भनेर कर्मचारी सेटिङमा भइरहेको छ। यो तत्काल रोकेर ती दलालहरु को हुन् र त्यो कर्मचारीको सेटिङ हो भने तत्काल कारबाही गरेर सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउनको निमित्त म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’

प्रकाशित: १२ श्रावण २०७९ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App