coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपामा थपिए ४९ केन्द्रीय सदस्य, पुराना नेता पनि फर्किए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समितिमा ४९ जना थप गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबार ४९ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा छोडेर गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङसमेत राप्रपा केन्द्रीय सदस्य भएका छन्। पौडेल राप्रपा नेपालमा उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए।

यसैगरी केन्द्रीय सदस्य हुनेहरुमा राजाराम श्रेष्ठ, पूर्वमन्त्री रामचन्द्र राय, पूर्वमन्त्री जगत गौचन, तोरणबहादुर गुरुङ, दीपकबहादुर सिंहलगायत छन्। दीपकबहादुर सिंह हेटौंडा उपमहानगरपालिकाको मेयरमा लडेर पराजित भएका व्यक्ति हुन्।

यसैगरी, शिवराज नगरपालिकाका मेयर अजय थापा, रामग्राम नगरपालिकाका उपमेयर सम्झना चौधरी, पूर्वसचिवद्वय केदारबहादुर अधिकारी र केदार न्यौपाने पनि केन्द्रीय सदस्य बनेका छन्। अन्य थपिएकाहरुमा राजाराम श्रेष्ठ, परशुराम तामाङ, रामशरण पाठक, जयलाल पुन लगायत छन्। राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ।

प्रकाशित: ५ श्रावण २०७९ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App