२५ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

मेयर बालेनले भेटे बाबुरामलाई

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई भेटेका छन्। 

साहले भट्टराई निवासमा पुगेर उनलाई भेटेका हुन्। भेटमा काठमाडौंका विविध विषयमा छलफल भएको जनाइएको छ। बालेनले काठमाडौंको सभ्यता र विकास कसरी अघि बढाउने भन्नेबारे भट्टराईसँग सुझाव लिएका थिए।

भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं मनपा मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श, सफलताको हार्दिक शुभकामना।’

बाबुरामसँगै उनीकी पत्नी हिसिला यामी, छोरी मानुसी यामी भट्टराईलाई पनि बालेनले भेटेका छन्।

हिजाे बिहीबार भट्टराईले एक कार्यक्रममा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट जितेका बालेनसँग ‘प्रणाली’ नभएको टिप्पणी गरेका थिए। 

उनले भनेका थिए, ‘मलाई डर छ, बालेन शाहले जितेर आउनुभयो। मैले शुभकामना पनि दिए। बधाई पनि दिए। तर प्रणाली छैन, त्यहाँ। उहाँ एक्लैले गर्न सक्ने कुरा त हुँदैन। प्रणाली ठिक गरिएन भने ठीक मान्छे छानिन सक्दैन। त्यसले काम गर्न पनि सक्दैन।’,

प्रकाशित: २४ असार २०७९ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App