१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बाह्रविसे नगरमा कांग्रेसको जित

बाह्रविसे नगरपालिकामा कांग्रेसले विजय हाँसिल गरेको छ। नगर प्रमुख र उपप्रमुख दुबै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्।  

प्रमुखमा कांग्रेस उम्मेदवार बालकृष्ण बस्नेत विजयी भएका छन्। उनले निवर्तमान नगर प्रमुख एमाले उम्मेदवार निमफुञ्जो शेर्पालाई पराजित गरे। कांग्रेस क्षेत्रीय सभापति रहेका बस्नेतले ७ हजार ७ सय २८ मत ल्याए। उनका निकट् प्रतिश्पर्धी शेर्पाले ५ हजार ४ सय ३३ मत मात्र पाए।  

अघिल्लो स्थानीय तह निर्वाचनमा बस्नेत र शेर्पा कांग्रेस, एमालेबाटै प्रमुख पदमा आमने–सामने थिए। त्यतिबेला बस्नेतबिरुद्ध शेर्पाले २ सय मतान्तरले बाजी मारेका थिए। तर योपटक २ हजार २ सय ९९ को भारी मतले हराउँदै बस्नेतले शेर्पासँग बदला लिए।  

त्यस्तै निवर्तमान उपप्रमुख रहेकी सुशीला पाख्रिन कांग्रेसी नयाँ अनुहार मञ्जु तामाङसँग पराजित भइन्। तामाङले पाख्रिनलाई ९ सय ७७ मतान्तरले हराइन्। तामाङले ६ हजार ९ सय ७७ मत पाउँदा पाख्रिनले ५ हजार ९ सय ९० भोट ल्याइन्। अघिल्लो निर्वाचनमा कांग्रेसकी प्रभावशाली नेतृ लीला नेपाललाई हराउँदै पाख्रिन एमालेबाट उपप्रमुख बनेकी थिइन्।  

बाह्रविसे कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहनगर हो। आधार क्षेत्र हुनुको बाबजुद अघिल्लो निर्वाचनमा यो नगर कांग्रेसले गुमाएको थियो। त्यसैले यो पटक आधार क्षेत्रमा गुमेको साख फर्काउने सवाल कांग्रेसको प्राण र प्रतिष्ठासँग विषय बनेको थियो। जहाँ नौमध्ये ६ वटावडासहित प्रमुख, उपप्रमुख जितेर कांग्रेसले एमालेसँग बदला लिएको छ।  

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये हालसम्म मतगणना सम्पन्न भएका तीन स्थानीय तह जितेर कांग्रेस जिल्लामा पहिलो पार्टी बन्ने दिशामा अग्रसर छ। कांग्रेसले योसँगै भोेटेकोसी र हेलम्बु गाउँपालिकाको प्रमुख, उपप्रमुख जितिसकेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ १८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App