४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

तेस्रो दिन पनि ‘बालेन’ र ‘सुनिता’ नै अग्रस्थानमा

मेयरका प्रतिस्पर्धी बालेन र उपमेयरकी प्रतिस्पर्धी सुनिता<br>

आज मतगणनाको तेस्रो दिन, सोमबार । काठमाडौ महानगरका मेयरमा सबैको चासो त्यत्तिकै छ । यही चासोका बीच तेस्रो दिनको मतगणनामा पनि मेयरका प्रत्यासी बालेन साहले नै नेतृत्व गर्ने देखिदैछ । बिहानको मतपरिणाममा स्वतन्त्र उम्मेदवार बालेन साहनै अग्र स्थानमा छन् । र, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले नेतृत्व गरिरहेकी छिन् ।    

स्वतन्त्र उम्मेदवार साहले कसैलाई अघि बढ्न दिएका छैनन । पछिल्लो परिणाम अनुसार बालेन ५ हजार ६ सय ६५ मत प्राप्त गरेर अग्रह स्थानमा छन् । उनलाई अर्का उम्मेदवार नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले ३ हजार ४६ मत मात्र पाएका छन् । यी दुई बीचको मतान्तर हेर्दा आजको दिनको मतगणनामा पनि बालेनले नै नेतृत्व गर्ने देखिएको छ ।    

सत्तारुढ गठबन्धनका तर्फबाट उठेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा विस्तारै अघि बढिरहेकी छिन् । उनले अहिलेसम्म २ हजार ६ सय ४० मत प्राप्त गरेकी छिन् । चौथो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले ५ सय २१ मत प्राप्त गरेका छन् ।  

यसैगरी उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुदेखि नै अग्रता लिइरहेकी छिन् । मेयरका प्रतिद्धन्दीहरुबीचको मतान्तर भन्दा उपमयेरका प्रतिद्धन्दीहरुबीचको मतान्तर धेरै छ । सोमबार बिहानको पछिल्लो मतगणना अनुसार सुनिताले ३ हजार ३ सय ८४ मत पाएकी छिन् । उनका प्रतिद्धन्दी नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ९२ मत प्राप्त गरेका छन् । यो तथ्याङ हेर्दा उपमेयरमा सुनिता डंगोलको निरन्तरता कायम हुने देखिन्छ ।  

उपमेयरको तेस्रो र चौथो स्थानमा क्रमशः राप्रपाकी विनिता मगैयाले ७ सय ६० र विवेकशील साझाकी कीर्ति तुलाधरले १ सय ५७ मत प्राप्त गरेकी छिन् ।  

प्रकाशित: २ जेष्ठ २०७९ ०३:४५ सोमबार

#kathmanduleection