२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बन्दकर्ताले गरे वन कार्यालयमा आगजनी

मिर्चैया–बन्द अवज्ञा गरेर कार्यालय संचालन गरेको भन्दै बन्दकर्ताले सिरहाको मिर्चैयास्थित इलाका वन कार्यालयमा आगजनी गरेका छन । आगजनीबाट वन कार्यालय भित्रको चौतारा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले बताए।विहानैबाट बन्दकर्ताहरु प्रहरी दमन बिरुद्ध मिर्चैयामा प्रदर्शन सुरु गरेपछि सुरक्षाकर्मीहरु व्यारेकभित्रै सिमित भएका थिए । बिहानै दुई वटा एम्बुलेन्समा तोडफोड गरेपनि प्रहरी बाहिर निस्केनन् ।
बिराटनगरबाट पत्रिका लिएर जनकपुर पु¥याउन हिडेका नागरिक, कान्तिपुर र अन्नपुर्ण पत्रिका बोकेका गाडीहरु पनि मिर्चैया कट्न पाएनन् । सुरक्षाकर्मीले अवस्था असमान्य भएकाले मिर्चैया बजार पार गर्न असुरक्षित छ भनेपछि पत्रिका बोकेका गाडीहरु चोहर्वा स्थित नेपाली सेनाको गणभित्र सुरक्षित बसेका छन् ।

सोमबार राती अलपत्र सवारी साधनलाई स्कटिङ गराउने क्रममा बन्दकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो । सुरक्षाकर्मीले शान्तिपूर्ण आन्दोलनमा व्यापक बल प्रयोग गरेको भन्दै बन्दकर्ताले एउटा यात्रु बस र एउटा रोलरमा आगजनी गरेका थिए ।

अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले चार राउण्ड हवाई फायर र दर्जनौं राउण्ड अश्रु ग्यास प्रहार गरेका थिए । राति संघीय समाजवादी फोरमका सभासद विरेन्द्र महतोलाई नियन्त्रणमा लिएर राति ११ बजेतिर छाडेको थियो । सुरक्षाकर्मीले घर घरमा छिरेर सर्वसाधाणमाथि लाठी बर्साएको भन्दै मंगलबार विहानैबाट मिर्चैयाबासी सडकमा उत्रेर प्रदर्शन सुरु गरेका छन् ।

प्रकाशित: १ भाद्र २०७२ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App