गोरखाको मान्बुमा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेका छन्। कुटपिटबाट स्थानीय बिक्रम लामा, फुलबहादुर लामा घाईते भएका छन्।
टाउको र आँखामा चोट लागेको उनीहरूको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था समानय रहेको प्रहरीले जनाएको छ।
राति १० बजे मदिरा सेवन गरेका दुबै पक्षका कार्यकर्ता बिच बिवाद भएपछि कुमार लामाको टोलीले कुटपिट गरेको घाईतेलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
नेकपा एमालेले सोमवार मान्बुमा कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा केन्द्रिय सदस्य रामशरण बस्नेत सहितको टोली सहभागी थिए। सोही कार्यक्रममा सहभागी भएर फर्किएका एमाले कार्यकर्ता र कांग्रेस कार्यकर्ता बिच बिवादबाट घटना सुरु भएको प्रहरीले जनाएको छ। सोमवार दिउँसो कार्यक्रममा सहभागी हुन जाने क्रममा पनि दुई पार्टीका कार्याकर्ता बिच बाटो छेकाछेक भएको थियो।
घाइतेको उपचार भइरहेको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताए।
प्रकाशित: २७ वैशाख २०७९ ०२:२७ मंगलबार