६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘गठबन्धन’लाई मत दिन पत्रकारले गरेको संयुक्त अपिलको पत्रकारबाटै आलोचना

पत्रकार र पत्रिकारितासँग सरोकार राख्ने ५ संघसंस्थाका नेतृत्वले संयुक्त विज्ञप्ति जारी गर्दै ‘गठबन्धन’लाई मत दिन गरेको अपिलको पत्रकारलगायत अन्य पेशाकर्मीहरुले आलोचना गरेका छन्।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शुम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपाल सचिव श्यामलाल पोखरेलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मत दिन अपिल गरेका हुन्।

‘हाम्रो सानो भुलले देश फेरि द्वन्द र अस्थिरताको भुमरीमा जान सक्छ। त्यसैले समयमै सचेत बनौं। हामीले नसोचे कसले सोच्ने? अहिले नसोचे कहिले सोच्ने? तसर्थ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रुपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत दिइ विजयी बनाउन हामी हार्दिक अपिल गर्दछौं’, संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ।

संयुक्त अपिललाई उद्रित गर्दै पत्रकार अमित ढकालले आइतबार बिहान ७ बजे टिव्ट गर्दै भनेका छन, ‘कुरा धिधा छः कुनै दल वा गठबन्धनलाई भोट दिनुस भनेर पत्रकारले अपिल निकाल्दैनन । जस्ले निकाल्छन् ती पत्रकार हैनन्।’ पत्रकार नारायण अमृतले यसलाई ‘अर्को लज्जा’ भनेर टिप्पणी गरेका छन्।

यसैगरी अर्का पत्रकार गजेन्द्र बुढाथोकीले पनि ढकालकै टिव्टमा मेन्सन गर्दै लेखेका छन, ‘पत्रकारहरु दलको दलाली छाड्, दलका दलालहरु पत्रकारिता छाड।’ पत्रकारिता बाहेकका पेशामा रहेकाले संयुक्त अपिल माथि टिप्पणी गरेका छन्। पत्रकार ढकालको टिव्टमा प्रतिक्रिया दिँदै डा. सुधांम्शु केसीले अझ कडा शब्दम लेखेका छन्, ‘जस्ले निकाल्छन ती पत्रकार हैनन, तिनका तास हुन अथवा तिनका जागिरे हुन्।’

संयुक्त अपिलले पत्रकारहरुले निवार्चनका समयमा के के गर्न हुने र नहुने भन्ने बहसलाई फेरी सतहमा ल्याएको छ। माथि उल्लेखित बाहेकका पत्रकार तथा अन्य पेशाकर्मीहरुले संयुक्त अपिलमा विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन्।

पाँच वटा संस्थाको संयुक्त अपिलमा संविधान, लोकतन्त्र र परिवर्तनका पक्षधर हुनुको नाताले दशेमा राष्टिय एकता कायम गर्न, संविधानको रक्षागर्न, परिवर्तनका एजेण्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानुनी राज्यको पालतना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदाताहरुलाई अपिल गरिएको उल्लेख छ।

प्रकाशित: २५ वैशाख २०७९ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App