६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उम्मेदवारी दर्ता भएका मध्ये १२ जनाविरुद्ध पर्‍यो दाबी विरोध

ताप्लेजुङमा स्थानीय तहको उम्मेदवारी दिएका ८ सय ७४ जनामध्ये १२ जनाविरुद्ध दाबी विरोधको सूचना परेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार फुङ्लिङ नगरपालिकामा, मैवाखोला गाउँपालिका, आठराइ त्रिबेणी गाउँपालिका, सिदिङ्वा गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाका मना मनोनयन पत्र दर्ता गराएका विभिन्न पदका १२ जनाविरुद्ध दाबी विरोध परेको जानकारी दिएको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा अध्यक्ष पदका १ र सदस्य पदका १ गरी २ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेको छ।

सिदिङ्वा गाउँपालिकामा उपाध्यक्ष पदका १ र महिला सदस्य पदका १ गरी २ जना, फुङ्लिङ नगरपालिकामा वडाध्यक्ष पदमा २ र सदस्य पदका २ गरी ४ जना, फक्ताङ्लुङमा दलित महिला सदस्य १ र अन्य सदस्य १ गरी २ जना र मैवाखोला गाउँपालिकाका वडाअध्यक्ष दिका १ र वडा सदस्य पदमा १ गरी २ जनाविरुद्ध दाबी विरोध परेको छ।

दाबी विरोध दर्ता भएका मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको कार्यालयले दाबी विरोध उपर छानबिन प्रकृया सुरु गरेको जनाएका छन्।

प्रकाशित: १४ वैशाख २०७९ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App