२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनप्रति संशय हुने अभिव्यक्ति आएको भन्दै आयोग चिन्तित: थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रतिनै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले धेरै विषयमा बहस र छलफलपछि स्थानीय तह निर्वाचनको मिति तोकिएको भएपनि त्यसमाथि नै संशय हुने खालका अभिव्यक्ति कहीँकतै आएको उल्लेख गर्दै आयोग चिन्तित रहेको बताएका हुन्।

शनिबार जनकपुरमा आयोजित स्थानीय तहको निर्वाचनको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले आम मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारप्रति सचेत बनाउने खालका सञ्चार सम्प्रेषण गर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदातालाई दिग्भ्रमित पार्ने खालका समाचार सम्प्रेषण कुनै पनि सञ्चार माध्यामहरुले सम्प्रेषण नगर्ने विश्वास व्यक्त गरे।

उनले स्थानीय तह निर्वाचनमा स्थानीय तहकै सञ्चार माध्यामहरु निर्वाचन प्रचारप्रसारका लागि बढि उपयोगी हुने भएकाले त्यहाँकै लागि आयोगले बढि बजेट विनियोजन गरेको उल्लेख गर्दै सबै सञ्चार माध्यामहरुले विना भेदभाव त्यसको लाभ लिन सक्ने बताए।

प्रकाशित: ३ वैशाख २०७९ ०९:२० शनिबार

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय तहको निर्वाचन