६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचनको घोषणापत्र मस्यौदा तयारः कांग्रेस

नेपाली कांग्रेसले स्थानीय निर्वाचनको घोषणापत्र मस्यौदा तयार भइसकेको बताएको छ।

बुधबार केन्द्रित केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु हुनुभन्दा अघि पार्टी प्रवक्ता डा. प्रकाशहरण महतले उक्त जानकारी दिएका हुन्। उनले बैठक स्थानीय तह निर्वाचनको घोषणापत्र र गठबन्धन दलबीचको तालमेलमा केन्द्रित हुने जानकारी पनि दिए।

कांग्रेसले केही दिन भित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको हो। उनले भने, ‘केही दिन भित्रै घोषणा पत्र आउँछ। अब त्यसको मस्यौदा करिव-करिव तय भइसकेको छ।' 

डा. महतले यस अघिको कार्य समिति बैठकबाट स्वीकृत भएको गठबन्धन सम्बन्धि व्यवस्थालाई व्यवहारिक रुपमा कसरी लाने भन्ने कुरामा  मंगलबार गठबन्धनबीच मोटामोटी सहमति भएको जानकारी पनि दिए।

‘त्यस विषयमा पनि जानकारी दिने कुरा होला। अब हामीसँग धेरै दिन छैन। ३ गते भित्र कुनकुन दलले के पाउने टुंगो लागेपछि  आ–आफ्नो दलले भागमा पाएको उम्मेदवार तय गरेर निर्वाचनमा जानुपर्ने हुन्छ। त्यसमा जनाधारलाई मुल आधार बनाइएको छ’, उनले भने।

डा. महतले सरकारले काम गर्ने तर प्रचार नगर्ने गरेका कारण विगतको निर्वाचनमा परिणाम आउन नसकेको कुरालाई बोध गर्दै यस वर्ष पार्टीले गरेको कामबारे जनतालाई सशक्त ढंगले जानकारी गराइने बताए।

प्रकाशित: ३० चैत्र २०७८ ११:५० बुधबार

नेपाली कांग्रेस निर्वाचनको घोषणापत्र मस्यौदा