४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

एनआरएनएलाई राष्ट्रपतिको आग्रहः देशमा लगानी गर्नुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन्।

शनिबार १० औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धनलाई रोजगारी, पुँजि र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन्। उनले नविकरणीय ऊर्जा र हरित विकासलाई प्रवद्र्धन गर्नेगरी लगानी गर्नुपर्नेमा जोड दिइन्। उनले गैर आवासिय नेपालीहरुको ज्ञान, सिप, पुँजि र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकासमा उपयोग गर्ने सरकारको नीति रहेको पनि उल्लेख गरिन्।

राष्ट्रपति भण्डारीले संविधानले गैर आवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासिय नेपाली नागरिकता प्रदान गर्ने परिकल्पना गरेको उल्लेख गर्दै आवश्यक कानूनको निर्माण पश्चात् सो व्यवस्था लागु हुनेमा विश्वास व्यक्त गरिन्। उनले नेपाली कला, संस्कृति, भाषा, भेषभुषा र परम्परालाई विदेशमा जन्मे हुर्केका भावि पुस्तामा पनि जिवित राख्नेमा आशा व्यक्त गरिन्।

उनले नेपालमा आपत–विपत पर्दा गैर आवासिय नेपालीहरुको ठूलो साथ र सहयोग रहेको भन्दै त्यसप्रति सम्मान व्यक्त गरिन्।

प्रकाशित: १२ चैत्र २०७८ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App