१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

भटाभट नियुक्ति गर्दै सरकार

सरकारले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा, हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले आर्थिक वर्ष २०७९/०८० को प्रदेश र स्थानीय तहको वित्तीय समानीकरणको अनुदानको अनुमोनित सीमा स्विकृत गरेको हो। बैठकले विभिन्न पदमा नियुक्ती गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार नेपाल पारवान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड महाप्रबन्धकमा प्रेमराज भण्डारी, विद्युत् नियमन आयोगको सदस्य पदमा गौतम डंगोललाई नियुक्त गरेको छ।

त्यस्तै, हाइलेज एक्सपोर्ट फर्म नेपाल टु चाइनासम्बन्धी समझदारीपत्रमा नेपालको तर्फबाट चिनियाँ समकक्षीअनुसारको तहबाट हस्ताक्षर गर्ने व्यवस्था मिलाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई स्वीकृत दिने, खानेपानी मन्त्रालय र अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने, प्रहरी दसौं संशोधन नियमावली २०७८ स्वीकृत गरेको छ। ५औं बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडापत्रलगायत अन्य दस्ताबेजमा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गर्दै मन्त्रिपरिषद्ले श्रीलंकाको कोलम्बोमा चैत १६ मा आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रहरूको ५औं शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रूपमा सहभागिता जनाउने निर्णय गरेको छ।  

त्यस्तै, सरकारले पाथिभरा क्षेत्र विकास कोषको अध्यक्षमा रक्की थेबेलाई तोक्ने, साविक विराटनगर नगर विकास समितिको क्षेत्र संशोधन गरी हालको विराटनगर महानगरपालिकाको ४ किल्लाभित्र सीमित रहनेगरी नगर विकास ऐन २०४५ को दफा ४ बमोजिम विराटनगर नगर विकास समिति गठन गर्ने, कैलालीको धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन र फोहोर पानी प्रशोधन केन्द्र निर्माणको कार्य अघि बढाउन स्वीकृत दिने निर्णय गरेको छ।

बिमस्टेक मन्त्रीस्तरीय बैठक र बिमस्टेक परराष्ट्रसचिव वरिष्ठ पदाधिकारीहरूको कार्यमा क्रमशः परराष्ट्रमन्त्री तथा परराष्ट्रसचिवस्तरीय प्रतिनिधि मण्डलले भौतिकरूपमा सहभागी जनाउन नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ८ चैत्र २०७८ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App