१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसद ठम्मर विष्ट एमालेमा प्रवेश

सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित ठम्मर विष्ट आईतवार नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्दैछन्। एमालेको बृहत कार्यकर्ता भेलामा सहभागी भएर एमालेमा प्रवेश गर्न थालेका हुन्।

सांसद विष्टलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले जानकारी दिएका छन्।

सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, संसदीय दल र पार्टीबाट राजीनामा दिएका थिए। सांसद पदबाट दिईएको राजीनामा पत्रमा उनले शनिवार मात्र हस्ताक्षर गरेर बुझाएका थिए।

विष्टले राजिनामा दिएपछि फिर्ता नेकपा माओवादी केन्द्रले आग्रह गरेको थियो। अटेर गरेपछि माओवादी केन्द्र प्रदेश सभा दलले भने उनलाई निष्काशन गरिएको विज्ञप्तीमा जारी गरेको छ। यसअघि संसदीय दलले उनलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको थियो। राजीनामा फिर्ता नदिएपछि संसद विष्टलाई पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गरिएको छ। विष्ट माओवादी प्रदेश सभा दलका प्रमु सचेतक समेत थिए।

पछिल्लो समय मेरो परिश्रम रहेको पार्टी र नेतृत्वको गतिविधि लोकतान्त्रिक नभएका कारण मैंले मेरा सुभेच्छुक कार्यकर्तालाई पनि एमालेमा आउन आग्रह अनुरोध गरेको सांसद विष्टले प्रतिक्रिया दिएका छन्।

प्रकाशित: ६ चैत्र २०७८ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App