४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्लाही काँग्रेस सभापतिमा सिंह विजयी

नेपाली काँग्रेस पार्टीको सर्लाही सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। आइतबार सदरमुकाम मलंगवामा भएको जिल्ला कार्य समितिको निर्वाचनमा सिंह १७५८ मत ल्याएर विजयी भएका हुन्।  

सिंहका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण रायले १३७८ मत ल्याएका छन्।

पटक पटक विवाद र स्थगित हुँदै आएको सर्लाही काँग्रेसको निर्वाचन अन्ततः शान्तिपूर्ण भई परिणाम पनि आउन थालेको छ। सर्लाहीमा डा. अमरेशकुमार सिंह र सुरेन्द्र सिंह पक्षबीच व्यापक विवाद थियो।  

निर्वाचित सिंह संस्थापन पक्षका मानिन्छन्। सिंहको विजयसँगै सर्लाहीमा संस्थापन पक्षको बर्चस्व कायम भएको छ।

निर्वाचनको अन्य परिणाम आउन बाँकी छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App