नेकपा माओवादी केन्द्र प्रदेश १ ले मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन गरेको छ। पार्टीको प्रदेश कमिटिले विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो ।
माओवादी केन्द्रले संघीयताको कार्यान्वयन गर्दै जिल्ला कमिटिलाई समन्वय समितिमा रुपान्तरण गरेपछि विश्वासलाई जिल्ला संयोजक बनाएको जनाएको छ।
विश्वास प्रदेश १ का पूर्व राज्यमन्त्री हुन्। सह–इन्चार्जहरुमा खेम भट्टराई, लालबहादुर सुस्लिङ, हेम कार्की, प्रेम मिभव लिम्बू र शुशिला घिमिरेलाई जिम्मेवारी दिएको छ । भट्टराईले संयोजकको दावी गर्दै आएकोमा सहइन्चार्जको जिम्मेवारी दिएको माओवादी केन्द्र प्रदेश १ ले जनाएको छ।
प्रकाशित: २० फाल्गुन २०७८ १३:०८ शुक्रबार