३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमसीसीबारे आपसी सहमती गरेर अगाडी बढ्नुपर्छ: देव गुरुङ

प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफल प्रारम्भ भएको छ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै यस सम्बन्धी छलफल प्रारम्भ भएको हो।

छलफलमा भाग लिदैँ नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसी सम्झौतालाई नेपालको सार्वभौम अधिकार खण्डित नहुनेगरी तथा नेपालको संविधान, कानून र कुनैपनि निकाय खण्डित नहुनेगरी विशुद्ध आर्थिक परियोजनाको रुपमा मात्रै अगाडी बढाउनुपर्ने बताए। उनले यो विषय राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय भएकाले सदनमा आपसी सहमती गरेर अगाडी बढ्नुपर्ने बताए।

छलफलमा भाग लिन चाहाने सांसदहरुको लागि ५ मिनेटको समय छुट्याइएको छ। सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ। 

प्रकाशित: १५ फाल्गुन २०७८ १०:०६ आइतबार