८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसीसी पास गर्ने बारे सहमति नभएको नेपालको भनाइ

नेकपा (एकीकृत)  समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी)  पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन्। उनले एमसीसी पारित गरे सरकार ‘जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया जनाए। आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ।

अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो। तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ भनाइ छ।

माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो। उनले भने ‘एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन। सरकार जे हुन्छ, हुन्छ।’

हिजो बसेको नेकपा एसको स्थायी समिति बैठकले यथास्थितिमा पास गर्न नसकिने बताउँदै संसदमा लैजान अवरोध नगर्ने निर्णय गरेसँगै सरकारले संसदमा एमसीसी टेबल गरेको हो।

प्रकाशित: ८ फाल्गुन २०७८ १४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App