१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

वाग्मती प्रदेश कांग्रेस अधिवेशनको कान्छा प्रतिनिधि २३ वर्षीय विश्वकर्मा

निरन्तर लागेपछि कुनै पनि क्षेत्रमा जीत हाँसिल गर्न सकिन्छ भन्ने कुराको प्रतिनिधी पात्र हुन् रामेछापका २३ वर्षीय सविन विश्वकर्मा। मंसिरको अन्तिम साता आयोजना हुने नेपाली काँग्रेस बाग्मती प्रदेश स्तरीय अधिवेशनको लागि सबै भन्दा कान्छा प्रतिनिधि हुन्। विश्वकर्माको जन्म रामेछापको बेथाली गोगलुङ्गामा २०५५ सालमा भएको थियो।

गत असोजमा सम्पन्न जिल्ला स्तरीय अधिवेशमा चार जना पाका उम्मेदवारलाई पराजित गरेपछि प्रदेशको सवै भन्दा कान्छा प्रतिनिधि बन्न सफल भएका हुन्। बाग्मती प्रदेशको सवै जिल्ला अधिवेशन सकिएपछि उनी सवै भन्दा कान्छामा परेका हुन्। उनले जिल्ला अधिवेशनमा आफू भन्दा बढी उमेरका तीन जनाले भन्दा बढी मत लिएका  थिए। ६ सय ८९ मतदाता रहेकोमा विश्वकर्माले २ सय ९० मत प्राप्त गरी बिजयी भएका हुन्। जिल्ला अधिवेशनका प्रतिस्पर्धी अन्य तीन उम्मेदवारहरु ४५, ३३ र ५६ वर्षका  थिए।

परिवारमा सानैदेखि नेपाली कांग्रेसको राजनीतिको प्रभाव परेपछि विश्वकर्मा १४ वर्षको उमेरदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएर निरन्तर नेपाल बिद्याथी संघको राजनीतिमा सक्रिय रहे। सुरुमा श्री जनजागृत उच्च माध्यमिक विद्यालय वेताली रामेछापको इकाइ समिति सभापति रहेर काम गरे। त्यसपछि मन्थली शहिद स्मारक बहुमुखी क्याम्पसमा उपसभापति र कार्यवाहक सभापति बने। २०७७ सालदेखि नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्यको रुपमा सक्रिय छन्।

मंसिर १६ गते आयोजना हुने बाग्मती प्रदेशको अधिवेशनको उम्मेदवार समेत हुने उनको योजना छ।‘ टिममा परें भने प्रदेश समितिको उम्मेदवार बन्ने सोंचेको छु’ सविनले भने। राजनीतिमा करिव ७ वर्षको यात्रामा विश्वकर्मा नेपालका बिभिन्न जिल्ला पुगेर संघको कार्यक्रममा सहभागी भएका छन्। बाग्मती प्रदेशका सवै जिल्ला र नेपालका पुर्व पश्चिम भेगमा समेत पुगिसकेका छन्। 

परिवारका हजुरवुवा राजनीतिमा सक्रिय भएकोले आफु पनि राजनीतिमा आकर्षित बनेको विश्वकर्मा बताउँछन्।  अवको बाँकी जीवन पनि राजनीतिमा सक्रिय हुने उनको योजना छ। राजनीतिमा लाग्नु सम्भव छैन र लाग्नु हुन्न भन्ने कमजोर मानसिकताको कारण दलित समुदाय सक्रिय राजनीतिमा कम भएको उनी बताउँछन्। आफु राजनीतिमा उच्च निकायमा पुगेर दलित समुदायको मुक्तिको दिशामा नीति बनाउने र समग्र देशको मुहार फेर्न अठोत रहेको बताए। युवाहरु राजनीतिमा अघि बढेपछि मात्र समग्र बिकास गर्न सकिन्छ’ उनले भने। 

प्रकाशित: १० मंसिर २०७८ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App