१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशविरुद्ध बुधबारबाट तेस्रो चरणको आन्दोलन गर्नेः अध्यक्ष श्रेष्ठ

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ।

मंगलबार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो। धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधबारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताए।

उनले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाए। अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको बताउँदै राजीनामापछि मात्रै न्यायपालिकाको सुधार हुने बताए।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधी जबराले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति विवरण छानबिन गर्न माग आइरहेको बताउँदै त्यसको लागि १९ जना न्यायाधीशसँग छलफल भइरहेको बताए। उनले तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने बताए।

प्रकाशित: ३० कार्तिक २०७८ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App