८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

मनाङका सबै वडामा कांग्रेस अधिवेशन सम्पन्न

मनाङका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। शुक्रबारदेखि सरु भएको सत्तारुढ पार्टी नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत मनाङ जिल्ला कार्यसमितिले जिल्लाका सबै वडाहरूमा प्रतिनिधि चयन गरेको हो।

नेपाली कांग्रेस मनाङले जिल्लाका चारवटा गाउँपालिकाका २८ वटै वडाहरूमा निर्विरोध वडा प्रतिनिधिहरू चयन गरेको हो।

निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले खुसी व्यक्त गरेका छन्। 'पार्टीले तोकेको समयमा हामीले वडा अधिवेशन सम्पन्न गर्न सफल भएका छौँ। यसबाट देशभर एउटा राम्रो सन्देश गएको छ', गुरुङले भने।

गत असारमा र त्यसपछिको वर्षाका कारण मनाङ जिल्लाले भोग्नुपरेको दुःख र पीडाको असर कायमै रहेका बेलामा पार्टीले निर्धारण गरेको महाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार नै वडा अधिवेशन सम्पन्न भएकामा जिल्ला कार्यसमतिका अन्य पदाधिकारीले पनि खुसी व्यक्त गरेको पार्टीका जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए।

प्रकाशित: १८ भाद्र २०७८ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App