२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपा लुम्बिनीको समानुपातिक प्रदेश सांसदमा निर्मला भुडभरी निर्वाचित

लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाको रिक्त रहेको प्रदेशसभा सदस्यमा निर्मला मुडभरी भट्टराइ निर्वाचित भएकी छन्। निर्मला समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचित भएकी हुन्।  

यसअघिकी प्रदेशसभा सदस्य समानुपातिककी कल्पना पाण्डेलाइ पार्टीले कारबाही गरेपछि रिक्त रहेको स्थानमा  निर्मला निर्वाचित भएकी हुन्। निर्वाचन आयोगले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै निर्मला निर्वाचित भएको जानकारी गराएको हो। जसपाले साउन ३२ मा गरेको सिफारिस अनुरुप आयोगले भदौ १० मा निर्मलालाइ निर्वाचित गर्ने निर्णय गरेको हो।

साउन ३२ को जसपा केन्द्रिय कार्यकारीणी बैठकले रुपन्देहीकी निर्मलालाई रिक्त रहेको पदमा पठाउने निर्णय गरेको थियो। समानुपातिकको बन्द सूचीमा निर्मला कल्पना पछिको दोश्रो नम्बरमा थिईन्।

यसअघि एमालेका शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पार्टीको निर्णय विपरित पोखरेल नेतृत्वको सरकारमा गएको भन्दै जसपाले समानुपातिक सांसद कल्पना पाण्डे सहित सन्तोष कुमार पाण्डेय र विजयबहादुर यादवलाइ कारबाही गरी प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो। 

समानुपातिकको बन्द सूचिमा कल्पना पछि निर्मलाको नाम भएकाले जसपाले निर्वाचन आयोगमा सिफारिस गर्यो। सोही सिफारिस अनुरुप आयोगले निर्मला निर्वाचित भएको घोषणा सहित पत्र दिएको जसपाका लुम्बिनी अध्यक्ष अशोक यादवले बताए। एक साता भित्र निर्मलाले सपथ लिने बताईएको छ।

प्रकाशित: १७ भाद्र २०७८ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App