४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

वर्तमान सरकारले ल्याएको अध्यादेश बाध्ययात्मक: कानुन मन्त्री

कानून, न्याय तथा संसदीय मामिला मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गरेका छन्।

बुधबार निर्वाचन क्षेत्र सुनसरी पुग्नु भएका मन्त्री कार्कीले ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्फ तर्क गर्दै जारी अध्यादेश मुलुकको निकाश र सम्वृद्धिका लागि भएको बताए। कार्कीले वर्तमान सरकार छिट्टै विस्तार हुने समेत बताए। 

उनले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाई भएको बताएका छन्। मन्त्री कार्की कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न सुनसरी पुगेका थिए। 

मन्त्रीसँगै पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षक विभागका महानिर्देशक सहितको टोलीले स्थानीयले झेल्दै आएको हात्ती सहितका जंगली जनावरको आक्रमण रोक्न आवश्यक कार्य योजना अघि बढाउने विषयमा पहल चाल्ने बताएको छ।

प्रकाशित: १० भाद्र २०७८ ०७:०६ बिहीबार

वर्तमान सरकार कानून न्याय तथा संसदीय मामिला ज्ञानेन्द्र बहादुर कार्की