६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

वाग्मती प्रदेश प्रमुखमा शर्मा सिफारिस

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बिहीबार बसेको बैठकमा ओली नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेका प्रदेश प्रमुखसहितका नियुक्ति बदर गर्दै नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने समझदारी भएको छ। समझदारी अनुसार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर सो पदमा यादव शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।  

प्रसाईंलाई ओली नेतृत्वको तत्कालीन सरकारले प्रदेश प्रमुख बनाएको थियो। देउवा नेतृत्वको सरकारले लुम्बिनी, गण्डकी र प्रदेश २ प्रमुखमा नयाँ नियुक्ति गरिसकेको छ।  

लुम्बिनीमा माओवादी केन्द्रका नेता अमिक शेरचन, गण्डकी र प्रदेश २ मा कांग्रेसका नेताहरू क्रमशः पृथ्वीमानसिंह गुरुङ र हरिशंकर मिश्रलाई प्रमुख बनाइएको छ। नवगठित एमाले समाजवादीको सिफारिसमा शर्मालाई वाग्मती प्रदेश प्रमुख बनाउने निर्णय गरिएको हो।

यसअघि ओली नेतृत्वको सरकारले पनि सबै प्रदेश प्रमुख परिवर्तन गरेको थियो। ओलीले सुरु गरेको त्यही गलत प्रवृत्तिलाई देउवा नेतृत्व सरकारले पनि पछ्याएको छ। देउवा सरकारले बाँकी प्रदेशमा पनि नयाँ प्रमुख नियुक्त गर्ने तयारी गरेको छ।

प्रकाशित: ४ भाद्र २०७८ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App