१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश २ः आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको राजीनामा

आजै माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्दै, ३ बजे सपथग्रहण

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुशवाहाले राजीनामा दिएका छन्। शनिबार बिहान मन्त्री यादव मुख्यमन्त्री लालबाबु राउतसमक्ष राजीनामा दिएर मन्त्रीबाट विदा लिएका हुन्।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन यादवले राजीनामा गरेका हुन्। आजै दिउँसो ३ बजे माओवादी केन्द्रका प्रदेश २ संसदीय दलका नेता भरतप्रसाद साह आन्तरिक मामिला तथा कानून मन्त्रीको सपथ लिँदै छन्। र, राज्यमन्त्रीमा रुवी कर्ण पनि सपक्ष लिँदै छिन्। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अब आन्तरिक मामिला तथा कानून मन्त्रालयको स्वरुप पाउने छन्।  

संघीयता पक्षधरहरुको संयुक्त गठबन्धन निर्माण गरी केन्द्रदेखि प्रदेशसम्म अघि बढ्ने योजना तहद प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन आफूले स्वेच्छाले राजीनामा दिएको ज्ञानेन्द्र यादवले बताए। गणतन्त्री र संघीयता पक्षधरहरुलाई गठबन्धनमा सहभागी गराउने क्रम चलिरहनेछ यादवले भने,‘संघीयता बलियो पार्न प्रदेश २ मा सर्वदलीय सरकार निर्माणको सुरुवात गरेका छौं। पहिला नेपाली कांग्रेसलाई सहभागी गरायौ, अहिले माओवादीलाई।’  

मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन्। मन्त्री बन्न लागेको भरतप्रसाद साह महोत्तरी जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् भने रुबि कर्ण सप्तरी जिल्लाबाट समानुपातिक सांसद हुन्।

प्रकाशित: २ श्रावण २०७८ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App