३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल र खनालसहित ११ नेता पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित

क्याप्शन

नेकपा एमालेले वरिष्ठ नेतामाधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ। नेपाल र खनालसहित विघटित संसदका ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको बताइएको छ। 

निष्कासनमा पर्नेमा रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, सरला यादव, निरादेवी जैरु, कलिला खातुन र कल्याणी खड्का रहेका छन्।

प्रकाशित: १० जेष्ठ २०७८ १३:३६ सोमबार

नेपाल र खनालसहित ११ नेता पार्टीको साधारण सदस्य निष्कासन