१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

१५ सांसदसहित ६९ जनालाई संक्रमण, एक कर्मचारीको मृत्यु

संसद् सचिवालयले गरेको कोरोना परीक्षणमा ६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। शुक्रबार बेलुकीसम्ममा १५ जना सांसद र अन्य कर्मचारी, सुरक्षाकर्मी गरी ६९ जनामा कोरोना संक्रमण भएको संसद् सचिवालयले जनाएको छ।

कोरोनाको दोस्रो लहरपछि संसद् सचिवालयका कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको छ। पहिलो लहरमा पनि करिब ४० जना कर्मचारीमा कोरोना संक्रमण भएको थियो। दोस्रो लहरमा पनि निकै धेरैमा संक्रमण भइसकेको सचिवालयले जनाएको छ। शुक्रबार एक जनाको मृत्युसमेत भएको छ। संघीय संसद् सचिवालयमा कार्यरत कानुनका उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए। संसद् सचिवालयले सांसद र कर्मचारीको पिसिआर परीक्षण अनिवार्य गरेपछि उनले २ दिनअघि २२ गते संघीय संसद् भवन नयाँ बानेश्वरमा स्वाब दिएका थिए। 

बिहीबार मात्र उनमा कोरोना पुष्टि भएको थियो। कोरोना देखिएको दोस्रो दिनमै उनको मृत्यु भएको छ। केही महिनाअघि मात्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद् सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालको शुक्रबार बिहान मृत्यु भएको सचिवालयले जनाएको हो। खनालको पत्थरीको उपचारका लागि भर्खरै शल्यक्रिया भएको र मुटुसम्बन्धी पनि स्वास्थ्य समस्या रहेको थियो। त्यही समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए।  

वैशाख २२, २३ र २४ गते गरी १ हजार २ सय ३४ जनाको स्वाब संकलन गरिएकामा ६ सय १४ जनाको रिपोर्ट आएको छ। वैशाख २२ गते ६ सय ९ जना, २३ गते ५ सय २५ जना र २४ गते करिब १ सय जनाको संसद् भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो।

प्रकाशित: २५ वैशाख २०७८ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App