सरकारले भोलि सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।
त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय गरेको छ।
प्रकाशित: १९ वैशाख २०७८ १४:४२ आइतबार